शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो

न्युजलय २५ असोज २०७९, मङ्गलबार ०९:१० मा प्रकाशित

  काठमाण्डौ । लगातार दोस्रो दिन मङ्गलवार(आज) पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ । 

नेप्से आज १६ दशमलव शून्य ६ अङ्कले घटेर एक हजार आठ सय ५५ दशमलव १६ विन्दुमा झरेको छ ।

आज व्यापार र होटलबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ ।

दुई सय २९ वटा कम्पनीको १७ लाख ६८ हजार कित्ता शेयर ५५ करोड २८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको तीन करोड १० लाख रुपैयाँको शेयर किनबेच भयो ।