इटालीमा डुङ्गा डुब्दा मृत्यु हुनेको संख्या ५९ पुग्यो

न्युजलय १५ फाल्गुण २०७९, सोमबार ०९:०० मा प्रकाशित

काठमाडौं । इटालीको दक्षिणी क्षेत्रमा आप्रवासी कामदार बोकेको डुङ्गा डुब्दा मृत्यु हुनेको संख्या ५९ पुगेको छ। डुङ्गा डुब्दा १२ बालबालिकासहित ५९ जनाको मृत्यु भएको बीबीसी समाचारमा उल्लेख छ।

दुर्घटनामा परेका ८० जनाको जीवितै उद्धार गरिएको छ। दुर्घटनामा परेका ३० जना अझै हराइरहेका छन्।

दुर्घटनामा बाँचेकाहरूले १ सय ५० जनाभन्दा धेरै सवार रहेको बताइए पनि उद्धारकर्ताले भने दुई सय भन्दा धेरै रहेका बताएका छन्।

अफगानिस्तान, पाकिस्तान, सोमालिया र इरानका नागरिका डुङ्गामा थिए। पछिल्लो समय बढ्दो अशान्ति र द्वन्द्वका कारण उनीहरु देश छोडेर हिँडेका समाचार संस्था एएफपीले जनाएको छ।

मौसममा आएको खराबीका कारण दुर्घटना भएको प्रारम्भिक अध्ययनले देखाएको छ।