काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को नाफा ७३ प्रतिशतले बढेको छ ।
बैंकले जारी गरेको दोस्रो त्रैमासिक विवरणअनुसार ७६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष ४४ करोड २६ लाख रुपैयाँ सीमित थियो ।
गत वर्ष ८२ करोड ३५ लाख रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी पुस मसान्तसम्म आइपुग्दा १ अर्ब ३२ करोड रुपैयाँ नाघेको हो ।
बैंकको चुक्ता पुँजी भने बोनस शेयर वितरणका कारण थोरै बढेको छ । यसका बाबजुद प्रतिशेयर आम्दानी बढेको देखिन्छ । बैंकको प्रतिशेयर आम्दानी ७.०९ रुपैयाँ छ ।