रुसी सेनामा भर्ती भएका थप १६ नेपालीको मृत्यु

न्युजलय ६ चैत २०८०, मङ्गलबार ११:५० मा प्रकाशित

काठमाडौँ । रुसी सेनामा भर्ती भएका थप १६ जना नेपालीको मृत्यु भएको छ ।

परराष्ट्र मन्त्रालयले नेपालीको मृत्यु भएको जानकारी पाएसँगै उनीहरूको मृत्युको बारेमा यकिन गर्न डिएनए टेष्ट गर्दैछ। मृत्यु भएकाको नाम खुलिसकेको छैन ।

 पछिल्लो समय रुसी सेनामा भर्ती भएका नेपालीको मृत्यु हुने क्रम बढ्दो छ । 

यसअघि १७ जनाको मृत्यु भइसकेको छ । योसँगै रुसको तर्फबाट युक्रेनसँगको युद्धमा मारिने नेपालीको सङ्ख्या ३३ पुगेको छ ।