काठमाडौं । सोमबार(आज) पनि सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ । आज नेप्से परिसूचक ७.३८ अंकले घटेर २०५३.१६ विन्दुमा अडिएको छ । कारोबार रकममा समेत ह्रास आएको छ ।
आज १ अर्ब ७२ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । म्युचुअल फण्ड बाहेक कारोबारमा आएका सबै समूह ओरालो लागेको छ ।
नेप्से परिसुचक र कारोबार रकम दुवै खुम्चदा पनि अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य भने उचालिएको छ ।
यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । १० प्रतिशतले मूल्य बढेको यसको सेयर मूल्य २ सय ७३ रुपैयाँ ९० पैसा कायम भएको छ ।