अमेरिकामा विमान सेवा ठप्प

न्युजलय २७ पुस २०७९, बुधबार ०६:३२ मा प्रकाशित

काठमाडौं । अमेरिकामा विमान सेवा ठप्प भएको छ । फेडरल एभिएशन एडमिनिस्ट्रेशनको कम्प्युटर सिस्टममा गडबडी हुँदा सबै विमान रोकिएको बीबीसीले जनाएको छ । 

फेडरल एभिएशन एडमिनिस्ट्रेशन (एएफए) का अनुसार कम्प्युटर सिस्टममा देखिएको गडबडी ठिक गर्ने प्रयास भइरहेको छ । 

पायलटलाई आफ्नो रुटमा कुनै खतराको आशङ्का हुँदा अलर्ट पठाउने सिस्टममा गडबडी हुँदा समस्या आएको हो । पूरै देशको एअरस्पेसमा असर पुगेको एएफएले बताएको छ ।