जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनीपछि भागाभाग

न्युजलय १६ पुस २०८०, सोमबार ०३:३९ मा प्रकाशित

काठमाडौँ । जापानमा सोमबार ७.६ म्याग्निच्युडको भूकम्प गएको छ । त्यस यता ४ म्याग्निच्युडभन्दा ठुला २१ परकम्प गइसकेको बताइएको छ ।


भूकम्प लगत्तै मौसम विज्ञान विभागका अधिकारीहरुले सुनामीको चेतावनी जारी गरेका छन् ।


समाचार एजेन्सीहरुका अनुसार इशिकावा प्रान्त सुनामीको खतरामा पर्ने आकलन गरिएको छ । यहाँ तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । मानिसहरु अहिले अग्लो स्थानतर्फ भागिरहेका छन् ।