चर्चमा गोली चल्यो,७ जनाको मृत्यु

न्युजलय २६ फाल्गुण २०७९, शुक्रबार १०:३१ मा प्रकाशित

काठमाडौं । जर्मनीको ह्याम्बर्गमा बिहीबार राति एउटा चर्चमा गोली प्रहार भएको छ । यस घटनामा ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । 

गोली प्रहार धेरै घाइते भएको बताइएको छ । मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । प्रहरीका अनुसार आक्रमणकारीले करिब १० मिनेटसम्म गोली चलाएको थियो।

आक्रमणकारी पनि मारिएको प्रहरीको अनुमान छ । यो घटना ग्रोस बोर्स्टेल क्षेत्रको चर्चको जेहोभाज विटनेसेस किंगडम हलमा भएको प्रहरीले जनाएको छ । आक्रमणकारीको बारेमा अहिलेसम्म कुनै ठोस जानकारी प्राप्त भएको छैन। 

उनले घटना किन गराए भन्ने पनि थाहा छैन । सीसीटीभी स्क्यान भइरहेको प्रहरीले जनाएको छ । चर्च वरपरका सडकहरू घेराबन्दी गरिएको छ र घटनास्थलमा भारी प्रहरी बल तैनाथ गरिएको छ।