आर्मेनियाको सैनिक ब्यारेकमा आगो लाग्दा १५ जनाको निधन

न्युजलय ५ माघ २०७९, बिहिबार ०१:०१ मा प्रकाशित

काठमाण्डौ । आर्मेनियाको सैनिक ब्यारेकमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् । 

देशको पूर्वी गेघरकुनिक क्षेत्रको अजात गाउँमा बिहीबार बिहान आगलागी हुँदा ती सैनिक मारिएका हुन् ।

प्रारम्भिक जानकारी अनुसार सैन्य इकाईको इन्जिनियर र स्नाइपर कम्पनीको ब्यारेकमा भएको आगलागीको कारण खुलिनसकेको उक्त मन्त्रालयले बताएको छ ।