खराब मौसमका कारण भारतका २६० बढि रेलसेवा अवरुद्ध

न्युजलय २५ पुस २०७९, सोमबार ०५:५१ मा प्रकाशित

काठमाडौं । खराब मौसमका कारण सोमबार भारतीय रेलवेका २६० भन्दा बढी रेल सेवा अवरुद्ध भएको छ।

समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार पञ्जाब, राजस्थान, बिहार, हरियाणा, दिल्ली र उत्तर प्रदेशमा भिजिबिलिटी कम भएकाले रेल सेवा प्रभावित भएका हुन्। 

एक रेलवे अधिकारीले भने, ‘८२ एक्सप्रेस ट्रेनहरू, १४० यात्रु ट्रेनहरू र ४० उपनगरीय रेलहरू सहित कुल २६७ ट्रेनहरूको सेवा अवरुद्ध भएको छ।’

आइतबार खराब मौसमका कारण ३ सय ३५ रेल प्रभावित भएका छन्। तीमध्ये, ८८ ट्रेनहरू रद्द गरिएका थिए, ३१ ट्रेनहरू डाइभर्ट गरिएका थिए र ३३ ट्रेनहरू विशेष रुटका लागि रद्द गरिएका थिए।

सोमबार, आगरा र भटिंडामा भिजिविलिटी शून्य किलोमिटरमा घट्यो जबकि पटियाला, चंडीगढ़, अम्बाला, भिवानी, सफदरजंग, रिज, गंगानगर, वाराणसी, फुर्सतगञ्ज र भागलपुरमा २५ मिटरसम्म थियो।

हिसार, कर्नाल, पालम, मेरठ, लखनऊ, बहराइच र पटनामा ५० मिटरको भिजिबिलिटी लेभल रेकर्ड गरिएको छ।

भारतमा अत्याधिक शीतलहरका कारण २० भन्दा बढि मानिसको मृत्यु भइसकेको छ।