छात्रावासमा आगो लाग्दा १९ जनाको मृत्यु

न्युजलय ९ जेठ २०८०, मङ्गलबार ०२:२९ मा प्रकाशित

काठमाण्डौ ।  दक्षिण अमेरिकी देश गुयानाको एक विद्यालयको छात्रावासमा आगो लाग्दा १९ जनाको मृत्यु भएको छ। कुनै व्यक्तिले रिसको झोकमा छात्रावासमा आगो झोसेकोा हुनसक्ने अनुसन्धानकर्मीले बताएका छन्।

११ , १२ तथा १६ र १७ वर्षका किशोरीको आवसमा क्षति भएको बताउँदै प्रहरीले नियतवश कसैले भवनमा आगो लगाएको प्रारम्भिक अनुसन्धानले देखाएको जनाएको छ।

अहिलेसम्म कुनै संदिग्धको पहिचान भएको छैन। आगलागीमा परी १४ जनाको घटनास्थलमै मृत्यु भएको तथा पाँच जनाको महदिया जिल्ला अस्पतालमा मृत्यु भएको छ। सरकारले यसअघि देशको मध्य भागमा रहेको महदिया माध्यमिक विद्यालयमा भएको आगलागीमा २० जनाको मृत्यु भएको बताएको थियो।

ब्रिटिश उपनिवेशबाट स्वतन्त्र भएको गुयाना खनिज स्रोतमा विश्वमै अब्बल मानिन्छ।