काठमाडौं । भारतको उत्तर पूर्वी राज्य मिजोरममा निर्माणाधीन पुल खस्दा मृत्यु हुनेको संख्या २६ पुगेको छ ।
निर्माणाधीन रेलवे पुलमा काम भइरहेका बेलामा पुल खस्दा २६ श्रमिकको मृत्यु भएको हो ।
मिजोरको राजधानी आइजवलबाट २१ किलोमिटर उत्तर पश्चिममा रहेको मणिपुरको साइराङ शहरमा निर्माणाधीन पुल भत्किएको थियो ।