कतारको सहयोगमा गाजामा थप दुई दिन युद्धविराम

न्युजलय १२ मङ्सिर २०८०, मङ्गलबार १०:४९ मा प्रकाशित

काठमाडौँ । कतारले इजरायल र हमाससँग मिलेर चार दिने युद्धविराम लम्ब्याएको छ ।

सफलतापूर्वक एक सम्झौता वार्ता पछि दोहाको विदेश मन्त्रालयका प्रवक्ताले उनीहरूबीच थप दुई दिन युद्धविराम लम्बाउने सहमति भएको जानकारी दिएका छन् ।

जसको मतलब कम्तिमा पनि १० इजरायली बन्धकहरूलाई मंगलबार र अर्को १० लाई बुधबार रिहा गरिनेछ । यससँगै इजरायलले हरेक दिन ३० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने टाइम्स अफ इजरायलले उल्लेख गरेको छ ।

युद्धविराम विस्तारको तत्काल इजरायली पुष्टि नभएपनि हमासले एक विज्ञप्ति जारी गरी यसको पुष्टि गर्दै कतार र इजिप्टको मध्यस्थता प्रयासलाई जिम्मेवार ठहराएको छ ।