विमानभित्र चालक दलका सदस्य र यात्रुबीच झगडा, लण्डन जाँदै गरेको विमान दिल्ली फर्काइयो

न्युजलय २७ चैत २०७९, सोमबार ०२:०१ मा प्रकाशित

एजेन्सी । दिल्‍लीबाट लन्डन उडेको एयर इन्डियाको विमानमा चालक दलका सदस्य र यात्रुबीच झगडा हुँदा जहाज पुनः दिल्ली फर्काइएको छ।

उडेको केही समयमै विवादले चर्को रुप लिएपछि विमान दिल्ली फर्काइएको हो। लन्डन उडेको केहीबेरमा विमान फर्काइएको बताएको छ। झगडाको कारण भने खुलाइएको छैन।

एयर इन्डियाले दिल्ली–लन्डन उडेको उडान एआई १११ विमानमा सवार यात्रुको गम्भीर अभद्र व्यवहारका कारण उडान भरेको केही समयपछि नै दिल्ली फर्काउनु परेको बताइएको छ।

अधिकारीका अनुसार यात्रुलाई चालक दलका सदस्यले चेतावनी दिँदा समेत मानेन।  चालक दलका दुई सदस्यलाई चोट समेत लागेको छ। यात्रुको थप विवरण भने आइसकेको छैन । घटनाबारे दिल्ली प्रहरीमा उजुरी परेको छ।