नेप्से परिसूचकमा १३ अंकको वृद्धि

न्युजलय ३ चैत २०८२, मङ्गलबार ०४:३८ मा प्रकाशित

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ। आज नेप्से परिसूचक १३ दशमलव ५१ अंकले बढेर दुई हजार ८१२ दशमलव ३४ बिन्दुमा कायम भएको छ।

आज ३४० कम्पनीको तीन करोड ४८ लाख ५२ हजार ७६० कित्ता सेयर एक लाख ६ हजार १४० पटक खरिद बिक्री हुँदा १२ अर्ब तीन करोड ४४ लाख ६ हजार ३२८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।