आईपीओ निष्कासन गर्दै माया खोला हाइड्रोपावर

न्युजलय ४ माघ २०७९, बुधबार ०५:५२ मा प्रकाशित

काठमाण्डौँ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले यही माघ १३ गतेबाट सर्वसाधारणका आईपीओ बिक्री खुल्ला गर्ने भएको छ। 

कम्पनीले जारी पुँजी १ अर्बको २४ प्रतिशतले हुन आउने २४ लाख कित्तामध्ये १० प्रतिशतले हुने २ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिसकेको छ। 

कुल निष्कासनमध्ये ५ प्रतिशतले हुन आउने १ लाख २० हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ४८ हजार कित्ता कर्मचारीलाई छुट्याई बाँकी रहेको १९ लाख ९२ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो। 

लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म खरिद आवेदन दिन पाउँछन्।