नेप्से परिसूचक झिनो अंकले बढ्यो

न्युजलय ५ साउन २०८२, आइतबार ०९:२४ मा प्रकाशित

काठमाडौं । सेयर बजारमा ११ महिनायताकै उच्च मूल्यको सेयर कारोबार भएको छ । आज २१ अर्ब ४६ करोड ४९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

आज नेप्से परिसूचक झिनो अंकले बढेको छ । नेप्से परिसूचक ०.३२ अंकले बढेर २,८७०.९५ विन्दुमा बन्द भएको हो

आज एक लाख ७८ हजार १७६ पटकमा पाँच करोड १६ लाख ५८ हजार ३८५ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमा १०५ कम्पनीको सेयरमूल्य बढेको छ ।

यस्तै, १४४ कम्पनीको सेयरमूल्य घटेको छ । पाँच कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।