घट्यो सुनचाँदीको मूल्य

न्युजलय ३१ जेठ २०८०, बुधबार ०५:०७ मा प्रकाशित

काठमाडौं । बुधबार (आज) सुनचाँदीको मूल्यमा गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोलामा ९०० रुपैयाँले घटेर १ लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको छ । 

त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १ हजार ४२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।