काठमाडौ । पाकिस्तानको खैबर पख्तुनख्वामा आज भएको शक्तिशाली बम विस्फोटमा परि पाँच जना प्रहरीको मृत्यु भएको छ । प्रहरी सुरक्षा टोलीलाई लक्षित गरी गरिएको हमला गरिएको विष्फोटमा परि अन्य २० जनाभन्दा बढी घाइते भएका छन् ।
बाजौर जिल्लामा पोलियो विरुद्धको अभियानमा खटिएका प्रहरी टोलीलाई ट्रकमा लैजाँदै गर्दा आक्रमण भएको हो । घाइतेहरुलाई बाजौर जिल्ला अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये धेरैको अवस्था गम्भीर छ ।
प्रहरी टोलीलाई निशाना बनाइएको स्थान बाजौरको मामुन्द क्षेत्र हो र यो क्षेत्र अफगानिस्तानको सीमासँग जोडिएको छ । अहिलेसम्म कुनै पनि आतंकवादी संगठनले यस हमलाको जिम्मेवारी लिएको छैन ।