सेयर बजार ओरालो लाग्यो

न्युजलय २४ चैत २०८२, मङ्गलबार ०३:४४ मा प्रकाशित

काठमाडौं । मंगलबार सेयर बजार २.६१ अंक घटेको छ ।  

आज सेयर बजार परिसूचक २७५७.४० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १७५ कम्पनीको सेयर मूल्य घटेको छ भने ८२ कम्पनीको बढेको छ । त्यस्तै आज १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज सेयर बजारमा ३४५ कम्पनीका १ करोड ७४ लाख ६ हजार ६१६ कित्ता सेयर ८१ हजार ५८२ पटक खरिद बिक्री हुँदा ६ अर्ब ७३ करोड ७१ लाख ४८ हजार १५० रुपैयाँको कारोबार भएको छ ।