काठमाडौं । इजिप्टको एक अस्पतालमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । बुधबार इजिप्टको राजधानी कायरोको एक च्यारिटबल अस्पतालमा आगो लागेको हो।
कायरोको एइ मातारियाल जिल्लामा रहेको च्यारिटेबल अस्पतालको रेडियोलोजी विभागमा आगो सल्केको थियो । आगो सल्किएपछि त्यहाँ रहेका ठूलो संख्याका मानिसहरु निसास्सिएका थिए । केही घाइते भइ अस्पताल पुर्याइएको थियो ।
आगलागीको कारणका बारेमा अनुसन्धान सुरु भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।