काठमाडौं । नेप्से परिसूचक लगातार ओरालो लागेको छ।
आज नेप्से परिसूचक ११.९७ प्रतिशतले ओरालो लागेर १९३९.८८ विन्दुमा बन्द भएको छ।
नेप्से घटेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ। आज ८२ करोड बराबरको सेयर कारोबार भएको छ।
मंगलबार १ अर्ब १९ करोड ७ लाख ६५ हजार ६१३ रुपैयाँमा सेयर खरिदबिक्री भएको थियो।
आज २२४ कम्पनीको २९ लाख ४३ हजार ७६९ कित्ता सेयर ८२ करोड ६२ लाख ३० हजार ५८३ रुपैयाँमा खरिदबिक्री भयो।
कारोबारमा आएका १३ समूहमध्ये १२ को सूचक घट्यो भने १ को मात्रै बढ्यो।