आज १८ चैत्र २०८२ बुधवारको राशिफल

न्युजलय १८ चैत २०८२, बुधबार ०६:२१ मा प्रकाशित

मेष । भविष्यको लागि विशेष कामको जग बसाउने अवसर मिल्नेछ। कला र साहित्यको क्षेत्रमा रुचि बढ्नेछ। परिवारको साथ सहयोग मिल्नाले मनोबलमा वृद्धि हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

वृष । कार्यक्षेत्रमा कामको चापबाट फुर्सद पाइनेछ। आफ्नो योग्यतामा विश्वास राखेर निर्णय लिनुहोस् सफलता मिल्नेछ। स्वास्थ्य कमजोर रहनाले काम गर्नमा समय लाग्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

मिथुन । साहसिक कार्य गर्ने समय रहेको छ। कार्यक्षेत्रमा नयाँ अवसरले पछ्याउनेछ। पारिवारिक विवादास्पद विषयहरूको समाधान हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट । मनमा उत्साह र कार्यक्षेत्रमा लगनशीलताले विपरीत समयलाई पनि आफ्नो अनुकूल बनाउन सकिनेछ। दैनिकी खर्चमा वृद्धि हुनेछ। विद्यार्थीहरूले उपलब्धि हासिल गर्नेछन्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

सिंह । समाजमा मान प्रतिष्ठा बढ्नेछ। सरकारी क्षेत्रमा पदोन्नतिका योग छन्। प्रतिक्षित इच्छा र आकांक्षाको पूर्ति हुनेछ। बौद्धिक क्षेत्रमा उन्नति हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

कन्या । कार्यक्षेत्रमा जुठो आरोप लाग्न सक्छ सचेत रहनुहोस्। अनावश्यक खर्चका योग छन्। राजनीतिक क्षेत्रमा लाभ रहनेछ। परिश्रम देखेर आफन्तहरूले पनि साथ दिनेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।

तुला । कार्यक्षेत्रमा बोलिको माध्यमले कार्य सिद्ध हुनेछ। पिताको सहयोगले रोकिएको काम बन्नेछ। शेयर बजारबाट लाभ आर्जन गर्न सकिएला। स्वास्थ्यमा सुधार आउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

वृश्चिक । धैर्य र पराक्रमले आँटेको कार्यसम्पादन हुनेछ। शुभचिन्तकहरूको साथ पाइनेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

धनु । व्यापार व्यवसायमा लगानी बढ्नेछ। पुराना मित्रहरूसँग भेटघाटले रमाइलो समय व्यतीत हुनेछ। अधुरा काम बन्नेछन्। प्रेम सम्बन्ध सुमधुर हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

मकर । आध्यात्मिक क्षेत्रमा प्रगति हुनेछ। लगनशीलताले प्रतिद्वन्दीहरू आफै किनारा लाग्नेछन्। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ खानपिनमा ध्यान दिनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ । दाम्पत्य जीवन सुमधुर रहनेछ। साझेदारी व्यापारमा लाभ रहनेछ। यात्रा लाभदायी रहनेछ। सकारात्मक सोचले काममा सफलता ल्याउनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

मीन । कृषि वा पशुपालन सम्बन्धी कामबाट लाभ आर्जन गर्न सकिएला। कार्यक्षेत्रमा उच्च अधिकारीहरूको समर्थन पाइनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ।

स्रोत हाम्रोपात्रो