पिपुल्स पावर कम्पनीको आइपीओ आजबाट खुला

न्युजलय ३१ भदौ २०७९, शुक्रबार ०३:१७ मा प्रकाशित

काठमाडौं । आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ बिक्री खुला गरेको छ । आज भदौ ३१ गतेदेखि कम्पनीले १०० अंकित मूल्यमा ३२ लाख कित्ता सेयर स्थानीयलाई जारी गरेको हो ।


आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्ला र दोर्दी गाउँपालिका (वडा नम्बर ६ र ७) का स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा आवेदन दिने अन्तिम मिति असोज १४ गते रहेको छ । उक्त अवधिमा सबै सेयर बिक्री नभएमा असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ ।


पिपुल्स पावरको आइपीओमा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।