सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु

न्युजलय २ बैशाख २०८०, शनिवार ०२:४४ मा प्रकाशित

काठमाण्डौ । उत्तर प्रदेशको श्रावस्तीस्थित राष्ट्रिय राजमार्गमा शनिबार(आज) बिहान भएको सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन् ।

आफन्तको निधनमा आयोजना गरिएको शोकसभामा सहभागी हुन लुधियानाबाट आएका उनीहरूको सवारी साधन इकाउना प्रहरी चौकीको क्षेत्रमा पर्ने रुखमा ठोक्किँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । 

छ जनाको घटनास्थलमा नै मृत्यु भएको बताउँदै श्रावस्तीका प्रहरीले गम्भीर घाइते भएका आठ जनालाई बहराइच अस्पताल पठाएको जानकारी दिएकी छन् ।