दुई महिनाको बीचमा अमेरिकामा तेस्रो बैंक टाट पल्टियो

न्युजलय १९ बैशाख २०८०, मङ्गलबार ०८:४५ मा प्रकाशित

काठमाडौं । अमेरिकामा फेरी अर्को बैंक टाट पल्टिएको छ । दुई महिनाको बिचमा टाट पल्टिने यो अमेरिकाको तेस्रो बैंक हो । 

सन् १९८५ मा स्थापना भएको फर्स्ट रिपब्लिक बैंक टाट पल्टिएपछि नियामक निकायले स्वामित्व नियन्त्रणमा लिएर जेपी मोर्गन चेजलाई बिक्री गरेको छ ।

फर्स्ट रिपब्लिक बैंक अमेरिकाको १४ औं सबैभन्दा ठूलो बैंक थियो । 

१३ अप्रिल २०२३ सम्म, फर्स्ट रिपब्लिक बैंकको कुल सम्पत्तिमा लगभग २२९.१ बिलियन डलर र कुल निक्षेपहरूमा १०३.९ बिलियन थियो ।

अमेरिकामा गत मार्चमा सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक टाट पल्टिएको थियो । जसले बैंकिङ संकट उत्पन्न हुने शंका गरिएको थियो । फस्ट रिपब्लिक बैंकको पनि सिलिकन भ्याली बैंकको जस्तै स्टार्टअपमा बढी लगानी रहेको न्यूयोर्क टाइमम्सले उल्लेख गरेको छ ।