एजेन्सी । न्यूजिल्याण्डको राजधानीमा रहेको एक होस्टेलमा आगलागी भएको छ । उक्त आगलागीमा कम्तीमा १० जनाको मृत्यु भएको छ ।
आगलागीको खबर अग्निशमन विभागले पाएलगत्तै चारतले भवनबाट छात्रावासका रहेका व्यक्तिहरुलाई उद्धार गरिएको थियो ।
मिडिया रिपोर्टका अनुसार वेलिंग्टनका आगो र आपतकालिन जिल्ला प्रबन्धक निक प्याटले वेलिंग्टनको लोफर्स लज होस्टेलबाट ५२ जनालाई बाहिर निकालिएको तर अग्निनियन्त्रकहरूले अझै धेरै व्यक्तिको खोजी गरिरहेका छन्।
उनले बिहान करिब १२ः३० बजे होस्टेलमा आगलागी भएको जानकारी पाएको जानकारी दिए ।