नेप्सेमा झिनो अंकको वृद्धि

न्युजलय ३० साउन २०८२, बिहिबार ०३:४४ मा प्रकाशित

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.६२ अंकले बढेको छ । नेप्से ०.०९ प्रतिशतले बढेर परिसूचक २७८८.२६ विन्दुमा पुगेको छ । 

नेप्से झिनो अंकले बढ्दा कारोबार रकम पनि बढेको छ । बिहीबार ७ अर्ब ४६ करोड ४१ लाख ७७ हजार रुपैयाँ बराबरको १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता शेयर कारोबार भएको छ । 

बजार बन्द हुँदा १०८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन ।