क्यामरुनमा चारतले भवन भत्किँदा ३७ जनाको मृत्यु

न्युजलय ९ साउन २०८०, मङ्गलबार १२:५३ मा प्रकाशित

काठमाडौँ । क्यामरुनको व्यापारिक केन्द्र दोउलास्थित एउटा चारतले भवन भत्कँदा ३७ जनाको मृत्यु भएको छ । घटनामा २१ जना घाइते भएका छन् । भत्केको भवन अर्को आवासीय भवनमा खसेको थियो ।  

शनिबार र आइतबार राति उक्त घटना भएको क्षेत्रीय गभर्नरले एएफपीलाई बताए । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । मृतकको सङ्ख्या बढ्नसक्ने उल्लेख गर्दै उनले खोजी जारी रहेको बताएका छन् ।

स्थानीय अस्पतालका अनुसार भवनको भग्नावशेषबाट जीवित उद्धार गरिएका १३ जनाको उपचार भइरहेको छ । ती मध्ये एक तीन वर्षीया बालिका र १९ वर्षकी युवतीको मृत्यु भएको छ ।