काठमाडौँ । दक्षिणी चीनको आवासीय भवनमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ ।
गुआङ्गडोङ प्रान्तको सान्टौमा रहेको चार तले भवनमा मंगलबार राति ९ः२० बजे सुरु भएको आगलागी राति १० बजे पछि नियन्त्रणमा लिएको स्थानीय अग्निशमन विभागले विज्ञप्ति मार्फत जनाएको छ ।
आगोले भवनको १५० वर्ग मिटर क्षेत्रलाई असर गरेको जनाउँदै चाओनान जिल्ला फायर एन्ड रेस्क्यु टोलीले आगलागीको कारण अनुसन्धान तथा र व्यवस्थापनको कार्य भइरहेको बताएको छ ।
यस अघि बुधबार बिहानको प्रारम्भिक रिपोर्टमा आठ जनाको मृत्यु भएको र चार घाइतेलाई अस्पताल लगिएको जनाइएको थियो ।
हाल चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले १२ जनाको मृत्यु भएको बताएको छ ।