बङ्गलादेशमा डुङ्गा डुब्दा आठ जनाको मृत्यु

न्युजलय २१ साउन २०८०, आइतबार ०१:२३ मा प्रकाशित

काठमाडौँ । बङ्गलादेशमा वनभोज खान खाएर घरफर्केकाहरू चढेको डुङ्गा डुब्दा आठ जनाको मृत्यु भएको छ ।

राजधानी ढाकाबाट ३० किलोमिटर टाढा रहेको मुन्शीगञ्ज जिल्ला भएर बग्ने विशाल पद्मा नदीको सहायक नदीमा शनिबार राति डुङ्गा पल्टिएको नागरिक रक्षा तथा अग्नि नियन्त्रण कार्यालयका ड्युटी अफिसर रफी अल फारुकले बताएका छन् । 

खोजमाा संलग्न अधिकारीका अनुसार करिब ४६ यात्रु बोकेको नदीमा बालुवाले भरिएको डुङ्गासँग ठोक्किएर पल्टिएको थियो । नदी किनारमा डुङ्गा डुबेकाले अधिकांश यात्रु पौडेर ज्यान जोगाउन सफल भएका थिए भने चार जनालाई जीवितै उद्धार गरिएको थियो ।