काठमाडौँ । नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २५ दशमलव ८१ अङ्कले घटेर दुई हजार ७४४ दशमलव ४५ बिन्दुमा कायम भएको हो ।
आज ३५१ कम्पनीको एक करोड २१ लाख ३४ हजार ३६० कित्ता शेयर एक लाख चार हजार पाँच पटक खरिद बिक्री हुँदा रु चार अर्ब ९८ करोड ६२ लाख ९४ हजार १७३ बराबरको कारोबार कारोबार भएको नेप्सेले जनाएको छ ।