अस्ट्रेलियामा दुई हेलिकोप्टर आपसमा ठोक्किदा चार जनाको मृत्यु

न्युजलय १८ पुस २०७९, सोमबार ०५:५१ मा प्रकाशित

बीबीसी । अस्ट्रेलियामा दुई वटा हेलिकोप्टर आकासमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइतेको उपचार भइरहेको जनाइएको छ।

अस्ट्रेलियाको गोल्ड कोस्टनजिकै सो दुर्घटना भएको थियो। घाइतेमध्ये एक महिला र दुई केटाहरु गम्भीर अवस्थामा रहेको बताइएको छ।

अस्ट्रेलियन ट्रान्स्पोर्ट सेफ्टी ब्युरोले घटनाको अनुसन्धान गर्ने भएको छ।

स्थानीय समयअनुसार दिउँसो २ बजेतिर दुई हेलिकोप्टर आपसमा ठोक्किएका थिए। जसमध्ये एक उडान भर्दै थियो भने अर्को हेलिकोप्टर अवतरणको प्रयास गर्दै थियो। 

मृत्यु भएका चार जना र गम्भीर घाइते भएका तीन जना एउटै हेलिकोप्टरमा सवार रहेको बताइएको छ। दुर्घटनाग्रस्तमध्ये एक होलिकोप्टर उत्तानो पल्टेको देखिन्छ।

गोल्ड कोस्ट अहिले पर्यटक खचाखच हुने क्षेत्र हो।