काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् ।
गत कात्तिक ९ गते मन्त्री बनेका गुप्ता फागुन २१ का प्रतिनिधिसभा निर्वाचनमा सिरहा– १ बाट रास्वपाको उम्मेदवार बन्ने तयारी गरेका छन् ।
पछिल्लो समय अमेरिका भ्रमणको विषयमा उनी विवादमा परेका थिए ।
गुप्ताले आफूले राजीनामा बुझाइसकेको तर आज बिदा परेकाले दर्ता हुन नसकेको तर राजीनामा बारे प्रधानमन्त्री सुशिला कार्कीलाई जानकारी गराइसकेको बताएका छन् ।