जलमग्न भयो दुबई

न्युजलय ५ बैशाख २०८१, बुधबार ०२:३९ मा प्रकाशित

एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा इतिहासकै भारी वर्षा भएको छ।


त्यहाँ सोमबार रातिदेखि पानी पर्न थालेको र मंगलबार बिहानदेखि वर्षाले ठूलो रूप लिँदै असिनासमेत परेको थियो । त्यहाँको मुख्य राजमार्ग र ठूला सडकहरू जलमग्न भएका थिए । मंगलबार परेको पानी इतिहासकै भारी वर्षा भनिएको छ।


पछिल्लो २४ चौबिस घन्टामा त्यहाँ १४२ मिलिमिटर वर्षा मापन भएको छ । वर्षाका कारण सडक नै खोला बनेपछि यातायात अवरूद्ध भएको छ ।


विश्वमा सबैभन्दा बढी व्यस्त हुने विमानस्थलहरूमध्ये दोस्रो नम्बरमा पर्ने दुबई इन्टरनेशनल एअरपोर्टमा उडान प्रभावित भएको छ।