काठमाडौं । सुनचाँदीको भाउ घट्ने क्रमले शुक्रबार पनि निरन्तरता पाएको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ १२ सय ८५ रुपैयाँ कायम रहेको थियो ।