चीनमा कोरोना सङ्क्रमित बढेसँगै विद्यालय बन्द गर्न निर्देशन

न्युजलय ३ पुस २०७९, आइतबार ०८:०१ मा प्रकाशित

काठमाडौं । चीनको ठूलो शहर सांघाइमा कोरोना सङ्क्रमित बढ्न थालेपछि विद्यालय बन्द गर्न निर्देशन दिइएको छ।


विद्यालय बन्द गर्न निर्देशन दिए लगत्तै त्यहाँ अब अनलाइन कक्षा सुरु हुने भएको छ। सांघाइको शिक्षा ब्यूरोले सोमबारदेखि नर्सरी र बाल हेरचाह केन्द्रसमेत बन्द गर्न निर्देशन दिएको हो।


चीनमा कोभिड शून्य नीति खुकुलो भएसँगै सङ्क्रमितको सङ्ख्या बढ्न थालेको हो। संक्रमण बढ्न थालेसँगै त्यहाँ स्वास्थ्य सतर्कता अपनाउन थालिएको हो।