पाकिस्तानमा गोली प्रहारबाट ५ शिक्षकसहित ८ जनाको हत्या

न्युजलय २२ बैशाख २०८०, शुक्रबार ०१:२८ मा प्रकाशित

काठमाण्डौ । पाकिस्तानको खैबर पख्तुनख्वामा गोली प्रहार गरी आठजनाको हत्या भएको छ । दुई छुट्टाछुट्टै घटनामा पाँचजना शिक्षकसहित आठजनाको गोली प्रहार गरी हत्या भएको हो ।  

अज्ञात व्यक्तिले विद्यालय बाहिर एकजना शिक्षक र विद्यालयभित्र प्रवेश गरेर चारजना शिक्षकको गोली प्रहार गरी हत्या गरेको हो । घटनाबारे कसैले जिम्मेवारी लिएको छैन भने कसले र किन गरायो भन्ने खुलिनसकेको पाकिस्तानी प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार घटनामा अनुसन्धान भइरहेको छ ।