लन्डन । दुईवटा गर्भाश र दुई वटा योनि भएकी एक महिलाले बिना कुनै कठिनाइ सामान्य ढंगले नै एक छोरी जन्माएकी छन् ।
अमेरिकाको अलास्का निवासी २९ वर्षीया स्टेफानी ह्याक्स्टनले गर्भधारण गरेर उच्च जोखिम मोलेकी थिइन् । छ वर्ष अघि गरिएको नियमित यौन स्वास्थ परीक्षणको क्रममा उनको शरीरमा ‘युटेरस डाइडलफिस’ नामक एक दुर्लभ अवस्था भेटिएको थियो । यसको अर्थ उनका दुईवटै गर्भाशय पूर्ण रूपमा सञ्चालित थिए । जसले गर्दा गर्भ तुहिने खतरा बढी थियो ।
दुई वर्ष अघि स्टेफानीको गर्भपतन भएपछि उनी र उनका पार्टनर बेन लुएड्त्के मर्माहत भए । उनले परीक्षण गराउने निर्णय गरिन् । तर उनलाई त्यसका लागि ३० वर्ष उमेर पुग्नुपर्ने बताइयो । यो पटक पनि बच्चा उनको गर्भाशयको बायाँ मुखमा थियो । त्यसैले उनको पेटको बायाँ पट्टी मात्र हुर्कँदै थियो ।
खतराको बाबजुद स्टेफानीको आपत्कालीन सिजरिन गर्नुपर्ने भयो । उनीकी छोरी स्टेलाको निर्धारित समय भन्दा ९ दिन ढिलो अर्थात ४१ सातामा गत अगष्टमा जन्म भयो ।