काठमाडौँ । सुनको भाउ प्रतितोला १ लाख रुपैयाँ नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार(आज) सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार ९९ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
वैशाखयता सुनको मूल्य १ लाखभन्दा तल रहँदै आएको थियो । गत फागुन २५ गते भने सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको थियो ।
महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १ हजार ३९० रुपैयाँ कायम भएको छ । बिहीबार १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।