लुला डि सिल्भा बने तेस्रोपटक ब्राजिलको राष्ट्रपति

न्युजलय १८ पुस २०७९, सोमबार ०९:१२ मा प्रकाशित

काठमाडौं । ब्राजिलको राष्ट्रपतिमा लुइस इनासियो लुला डि सिल्भाले तेस्रो पटक सपथ ग्रहण गरेका छन्।

दिग्गज वामपन्थी नेतालाई ‘लुला’ पनि भनिन्छ। यसअघि डि सिल्भा सन् २००३ देखि २०१० सम्म ब्राजिलको राष्ट्रपति भएका थिए। 

उनले गत वर्ष अक्टोबरमा भएको निर्वाचनमा जैर बोल्सोनारोलाई पराजित गरेका थिए। राष्ट्रपति बनेपछि आफ्नो पहिलो भाषणमा लुलाले देशको पुनर्निर्माण गर्ने शपथ लिएका थिए।

उनले देशको ‘खराब अवस्था’का लागि पूर्ववर्तीका नीतिहरूको आलोचना गरे। बोल्सोनारो सत्ता हस्तान्तरण समारोहबाट बच्न शुक्रबार नै अमेरिका प्रस्थान गरेका छन्।

संसदबाहिर लुलाका समर्थकहरूको बिहानैदेखि भीड लागेको थियो। सपथ ग्रहणपछि उत्सवका लागि ६० भन्दा बढि कलाकार बोलाएर दुई ठूला स्टेज सजाइएको थियो।