काठमाण्डौ । नेपाली काँग्रेसले अलच्छिन जति बोकेर हिँडेकाले समाप्त हुने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
बिहीबार केन्द्रीय सल्लाहकार परिषदको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले काँग्रेसले अहिले हाप्सिला बोकेर हिँडेकाले समाप्त हुने बताएका हुन् ।
ओलीले भने, ‘कोही हाप्सिला जस्ता छन् । हाप्सिलै हाप्सिला काँध र खोकिलामा बोकेर हिँडेको छ । गठबन्धनसँगै यो पनि समाप्त भएर जाने भो ।’