काठमाडौं । बंगलादेशमा आइतवार १४ वटा हिन्दू मन्दिरमा आक्रमण गरी २७ वटा मूर्ति भत्काइएको छ ।
विगत पाँच महिनामा यसरी अल्पसंख्यक हिन्दू समुदायको पूजास्थलमा आक्रमण गरिएको यो दोस्रो घटना हो ।
स्थानीय अधिकारीका अनुसार, तोडफोड गरिएका केही मन्दिर सडकको किनारमै थिए । शनिवार राति र आइतवार बिहानको बीचको समयमा आक्रमणहरू भएका हुन् ।
उपद्रो गर्नेहरूले मूर्तिको हात, गोडा र शिर फुटाइदिएको बताइएको छ । केही मूर्ति भत्काएपछि नजिकैको तलाउमा फ्याँकिएको थियो ।
घटनाको विशेष अनुसन्धान गरी आरोपितहरूलाई छिट्टै पक्राउ गर्न हिन्दूहरूले स्थानीय अधिकारीलाई माग गरेका छन् ।