काठमाडौँ । वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल पुगेका एक नेपाली युवकको निधन भएको छ।
बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रवार सुतेकै अवस्थामा निधन भएको हो।
साराङकोटीको पोर्तीमाउस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा निधन भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए। बिहीवार राति कामबाट आएर सुतेका उनी शुक्रवार बिहान ओछ्यानमै मृतावस्थामा भेटिएको अध्यक्ष अधिकारीले बताए।
साराङकोटी पोर्तीमाउस्थित एक होटलमा कार्यरत थिए। उनको शव पोर्तीमाउस्थित अस्पतालको शवगृहमा राखिएको छ।
परिवारको आग्रहमा उनको शव नेपाल पठाउनका लागि आवश्यक तयारी भइरहेको बताइएको छ ।