नाइटक्लबमा आगलागी हुँदा २९ जनाको मृत्यु

न्युजलय २१ चैत २०८०, बुधबार ११:०३ मा प्रकाशित

काठमाडौं । टर्कीको इस्तानबुलको एउटा नाइटक्लबको मर्मत गर्ने क्रममा आगो लाग्दा कम्तिमा २९ जनाको मृत्यु भएको छ । मर्मत गर्ने काम लापरबाही भएकाले आगलागी भएको स्थानीय अधिकारीले आरोप लगाएका छन् ।

मिडियामा सार्वजनिक भएका फुटेजमा आवासीय भवनको १६ तलाको तेस्रो भागमा आगो लागेको देखिएको थियो ।

नाइटक्लबमा ध्वनि इन्सुलेशन र सजावट नवीकरण कार्यको क्रममा भएको विस्फोटबाट फाइबर सामग्रीमा आगो लागेको अनुमान गरिएको छ । 

मर्मतमा लापरबाही गरेको अभियोगमा ८ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सिएनएनले जनाएको छ ।