पूर्वी चीनको एक भवनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

न्युजलय १२ फाल्गुण २०८०, शनिवार ०१:२९ मा प्रकाशित

काठमाडौं । पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङस्थित एक भवनमा आगलागी हुँदा १५ जनाको मृत्यु भएको छ । आगलागीमा कम्तीमा ४४ जना घाइते भएको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् । 

समाचारमा जनाइएअनुसार उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ ।

स्थानीय दमकल विभागलाई युहुताई जिल्लाको एक आवासीय भवनमा आगलागी भएको सूचनापछि घटनास्थलमा पुगेका अग्नि नियन्त्रकहरूले करीब दुई घण्टामा आगलागी नियन्त्रणमा लिएको जनाएका छन् । 

प्रारम्भिक अनुसन्धानमा उक्त भवनको पहिलो तलामा आगलागी भएको र उक्त स्थानमा विद्युतीय साइकलहरू राखिएको पाइएको छ ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।