इटालीमा आप्रवासीहरू चढेको डुंगा पल्टिँदा ४१ जनाको मृत्यु

न्युजलय २४ साउन २०८०, बुधबार ०२:५९ मा प्रकाशित

काठमाडौँ । इटालीमा आप्रवासीहरू बोकेको डुंगा पल्टिँदा ४१ जनाको मृत्यु भएको छ । इटालीयन टापु लाम्पेदुसास्थित बुधबार डुंगा दुर्घटना भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

बीबीसीको समाचार अनुसार दुर्घटनामा जीवित भएका चार जना यात्रुहरूले आफूहरू ट्युनिसीयाको स्फ्याक्सबाट डुंगाको यात्रा गरेको बताएका छन् । उनीहरू इटाली जाने क्रममा डुंगा दुर्घटना भएको हो ।