नेपालीभाषीलाई अदालतले 'विदेशी' भनेपछि सिक्किममा आन्दोलन

न्युजलय २२ माघ २०७९, आइतबार ०८:२१ मा प्रकाशित

झापा । सिक्किमका नेपाली भाषीहरु आन्दोलित बनेका छन् । भारतको सर्वोच्च अदालतले नेपालीभाषीहरुलाई  ‘विदेशी’ भनी टिप्पणी गरेको विरोधमा सिंगो सिक्किम आन्दोलित भएको हो ।

त्रुटी सच्चाउन माग गर्दै निवर्तमान मुख्यमन्त्री पवन चाम्लिङसमते रहेको सत्ता विपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) ले शनिबारदेखि ४८ घन्टे हड्ताल आह्वान गरेको छ । हड्तालमा चाम्लिङ निकट नेता कार्यकर्तादेखि सर्वसाधारणको समर्थन रहेको छ ।

सिक्किमममा अहिले प्रेमसिंह तामाङ गोले मुख्यमन्त्री छन् । यो आन्दोलनलाई विपक्षी दल एसडीएफले सत्ताविरुद्धको आन्दोलनसमेत बनाएको छ । चाम्लिङ सिक्किममा लगातार पाँच पटक निर्वाचित भएर २४ वर्षसम्म मुख्यमन्त्री हुने एक मात्र नेता हुन् ।