भारतका एक सय ४१ सांसद निलम्बित

न्युजलय ३ पुस २०८०, मङ्गलबार ०३:३० मा प्रकाशित

काठमाडौँ । भारतको संसदको हिउँदे अधिवेशनको १२ औँ दिन मंगलबार प्रतिपक्षका सांसदहरुको निलम्बनलाई लिएर दुवै सदनमा हंगामा भएको छ । विपक्ष सांसदहरुले सदनदेखि गेट र परिसरमासमेत नाराबाजी र प्रदर्शन गरेका छन् । 

लोकसभा र राज्यसभाको कार्यबाही मंगलबार पनि तीन पटक स्थगित भइसकेको छ । लोकसभामा विपक्षका ४९ सांसदलाई निलम्बन गरिएको छ । 

अहिलेसम्म १४१ प्रतिपक्षका सांसदहरुलाई निलम्बन गरिएको छ । उनीहरुले आगामी सदनको कार्यवाहीमा सहभागिता जनाउन पाउने छैनन् । 

सोमबार ७८ सांसदलाई निलम्बन गरिएको थियो । भारत स्वतन्त्र भएपछि पहिलो पटक एकैदिन यतिधेरै संख्यामा सांसदहरु निलम्बित भएका हुन् ।