मालीमा डुङ्गामाथि आक्रमण हुँदा कम्तीमा ४९ सर्वसाधारणको मृत्यु

न्युजलय २२ भदौ २०८०, शुक्रबार ११:४५ मा प्रकाशित

माली । इस्लामिक लडाकूहरूले उत्तरपूर्वी मालीमा एउटा नदीको डुङ्गामा आक्रमण गर्दा कम्तीमा ४९ सर्वसाधारणको मृत्यु भएको छ । 

उनीहरूले कथित रूपमा सेनाको क्याम्पमा पनि आक्रमण गरेका छन् जसमा १५ सैनिकहरू मारिएका छन् भने लगभग ५० आतङ्ककारीहरू पनि मारिएको बीबीसीमा प्रकाशित समाचारमा उल्लेख छ ।

घटनापछि सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ ।  रूसी वाग्नर समूहका भाडाका सैनिकहरूले आफ्नो अभियानलाई तीव्र बनाएको सेनाले दाबी गरे पनि इस्लामिक चरमपन्थीहरुको खतरा बढ्दै गएको छ।